काठमाडौं । आज पनि संसद् बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बाहिरिएका छन् ।
आआफ्ना भनाइ राखेर आज पनि बैठकबाट रास्वपा र राप्रपाका सांसदहरू बाहिरिएका हुन
उनिरहरुले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मामा निरन्तर विरोध गर्दै आएका छन् ।
आजको बैठकमा रास्वपा सांसद मनीष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखे ।
सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे । साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनले बताए ।
साथै सांसद रोशन कार्कीले ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ?’, उनले प्रश्न गरिन् ।