Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अबको पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छन् : गृहमन्त्री लेखक

अबको पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छन् : गृहमन्त्री लेखक

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वस्रचना प्राप्त गर्ने बताएका छन् ।

बिहिबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिमबारे पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् ।

उनले भने–‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’

उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए ।

उनले भने–‘संयुक्त राष्ट्र संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले सूचना प्राप्त गर्नुपर्छ भनेको छ । हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौं थोरै पछाडी परेका छौं, अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चिता गर्छ।’

उनले अहिले पूर्वसूचना प्रणालीले मानविय क्षति कम भएको बताए । पूर्वसूचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले भने–‘जुन ठाउँमा हामीले पूर्वसूचना दिनसक्यौ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानविय क्षति भएको छैन । जुन ठाउँमा पूर्वसूचना दिन सकेनौं तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानसवय क्षति भएको छ ।’

उनले रसुवामा आएको बाढीबारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको र गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै सबैभन्दा ठूलो वर्षा हुँदा पूर्वसूचना कै कारण मानविय क्षति नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077