Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लामिछानेले रुपन्देही अदालतमा बुझाए बिगो बापत आफ्नो भागको पौने ३ करोड

लामिछानेले रुपन्देही अदालतमा बुझाए बिगो बापत आफ्नो भागको पौने ३ करोड

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।

आफूलाई थुनामुक्त गर्न माग गर्दै साउन १९ गते निवेदन दिएका उनले अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत पनि पेस गरेका हुन्।

सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरिसकेको लामिछाने निकट स्रोतले जानकारी दिएको छ।

लामिछानेले जिल्ला अदालतमा दिएको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ मा अदालतले धरौट, जमानत वा बैंक जमानत लिई तारिखमा राख्न सक्ने व्यवस्था अनुसार थुनामुक्त गर्न माग गरेका थिए ।

लामिछानेको यो निवेदन दर्ता भएकै दिन न्यायाधिश डिल्लीराम शर्मा अर्यालको इजलासले विपक्षीलाई जानकारी दिने आदेश गरेको थियो। तर मंगलबार र बुधबार पेसी स्थगित तोकेका थिए।

न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा बुधबार र मंगलबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा पेसी तोकिएको थियो।

रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरुलाई एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

त्यसमध्ये आफ्नो भागमा पर्ने सम्पुर्ण बिगो बराबरको रुकम बैंक जमानत राखेर आफूलाई रिहा गर्न उनले माग गरेका छन्।

लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् ।

रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी अभियोगको मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालतले आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

सहकारी प्रकरणमा लामिछाने यसअघि पनि ८४ दिन हिरासत बसेर रिहा भएपछि २५ दिन बाहिर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077