Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कैलाली कारागार घटना : छानबीनका लागि सहायक प्रजिअको नेतृत्वमा ५ सदस्यीय समिति गठन

कैलाली कारागार घटना : छानबीनका लागि सहायक प्रजिअको नेतृत्वमा ५ सदस्यीय समिति गठन

शनिवार , श्रावण २४, २०८२

कैलाली। जिल्ला कारागार कैलालीमा गएराति भएको हिंसात्मक झडपपछि जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबीनका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिह, शसस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेशन बुझाउन समयसीमा तोकिएको छ ।

कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।

घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077