Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वाग्मतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् ।

बानियाँलाई कांग्रेस र एमालेका ६३ सांसदले विश्वासको मत दिएका हुन् । 

नेपाली कांग्रेसका सांसद रामकृष्ण चित्रकार अमेरिकामा रहेकाले उनका पक्षमा ६४ सांसद भए पनि विश्वासको मतमा ६३ मत मात्र आएको हो । 

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माअ‍ोवादी केन्द्रसहित, राप्रपा, नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गरेका थिए ।

हाम्रो पार्टी नेपालका दुई सांसद सदनमै अनुपस्थित भए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077