Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भक्तपुर मालपोतका प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २४ लाख बिगो दाबी

भक्तपुर मालपोतका प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २४ लाख बिगो दाबी

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सेवाग्राहीबाट साढे २४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अर्का व्यक्ति भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय सहयोगी टीकाराम राउत हुन् । अख्तियारले दायर गरेको मुद्दामा २४ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस मागेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077