Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

संसद्‌मा आज पनि प्रधानमन्त्रीको व्यङ्ग्य, यस्तो छ सम्बोधनको पूर्णपाठ

संसद्‌मा आज पनि प्रधानमन्त्रीको व्यङ्ग्य, यस्तो छ सम्बोधनको पूर्णपाठ

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे जानकारी गराए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नलिई उनीमाथि व्यङ्ग्य गरे ।

पत्रकार सम्मेलन होस् वा कुनै कार्यक्रम अथवा संसदमा नै किन नहोस् प्रायः व्यङ्ग्य गरिरहने प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गएको भन्दै प्रश्न गरिरहेको भन्दै रवि र उनको पार्टीप्रति व्यङ्ग्य गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अदालतमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिमाथि प्रतिशोध साधेको हो भन्दै प्रश्न समेत गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने दावी गरे । प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताए ।

उनले भने–‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा सरकार बनेको बताउँदै ओलीले विपक्षमा रहेका दलहरूलाई यो स्थिरता अप्रिय लागिरहेको बताए ।

ओलीले भने–‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौँ । कति लोकतन्त्रको संवर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौं ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधननको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077