Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । प्रहरीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले २ राउन्ड गोली प्रहार गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले पप्पु नामका एक जना पुरुष  र अर्की एक जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको गोली लागेर लागूऔषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टिमले २ राउन्ड गोली चलाएको हो।

उनीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077