Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गुन्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश

गुन्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।

थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

साउन १५ गते राति काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटल क्षेत्रमा ठूलो समूह भेला भई होहल्ला गरेको आरोपमा चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो ।

अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेललाई १० हजार, रोशन सुवेदीलाई १० हजार, राजेश खड्का ‘रोजेश’ लाई ३० हजार र सन्दीप केसीलाई १० हजार, राहुल खड्कासँग १० हजार, यामु पौडेलसँग १० हजार, सौरभ सुनारलाई १० हजार, डिल्लीराज कँडेललाई २० हजार र ऋतिक लामासँग २० हजार धरौटी मागिएको छ ।

त्यस्तै अन्य कसुरदारहरु चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ ।

उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077