Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बुधबारको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा माओवादीकी सांसद ज्ञानु बस्नेत सुवेदीले संविधानको धारा ९४ बमोजिम संख्या यकिन गर्न माग गरेकी थिइन् ।

सभामुखले तीन मिनेट घण्टी बजाएर संख्या यकिन गर्न निर्देशन दिएका थिए । सांसदको न्यूनतम संख्या ६९ हुनुपर्नेमा ६६ मात्रै भएपछि प्रस्ताव पेस हुन सकेन ।

बाँकी कार्यक्रम हटाएर सभामुखले बैठक स्थगित गरे । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077