Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

प्रहरीको गोली चल्यो, दुई भारतीयसहित चार जना लागुऔषध कारोबारी पक्राउ

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । बाँकेमा प्रहरीले गोली हानेर चार जना लागुऔषध कारोबारीलाई पक्राउ नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको हो

पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी रहेका छन् ।

यस्तै भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।

टोलीले चेकजाच गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077