Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अटोमेटिक पेस्तोलसहित काठमाडौंबाट एकजना समातिए

अटोमेटिक पेस्तोलसहित काठमाडौंबाट एकजना समातिए

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । प्रहरी वृत्त बालाजुले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– १६ चमती बस्ने २९ वर्षीय शिवराज दराइ रहेका छन । उनले टोखा नगरपालिका– ९ बाट प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दराइको चमतीस्थित डेरामा शंका लागि खानतलासी गर्दा एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, सात थान ७.६५ एमएमको गोली बरामद भएपछि खोजतलासी गर्दा दराइ टोखाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका दराइलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077