Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागारमा सरुवा गर्ने निर्णय

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागारमा सरुवा गर्ने निर्णय

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन शुक्रबार उक्त निर्णय गरेका हुन् ।

लामिछानेले पहिल्यै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएर घरपायक सरुवा माग गरेका थिए । तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा सरुवाको निर्णय रोकिएको भन्दै आलोचना भएको थियो ।

हालै राष्ट्रिय मानव अधिकार आयोगले प्रक्रिया पूरा भएर पनि सरुवा नगरिएको भन्दै ध्यानाकर्षण गराएपछि सरुवा प्रक्रियामा तीव्रता आएको हो ।

सुप्रिम सहकारी प्रकरणमा थुनामा रहेका लामिछानेको बिगो रकम यकिन नभएको भन्दै अदालतले रिहाइको माग अस्वीकार गरेको छ ।

मुद्दा नटुंगिँदा उनको सांसद पद निलम्बनमै छ । उनीविरुद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077