Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्लाहीमा गोली प्रहार गरी पूर्व शिक्षकको हत्या

सर्लाहीमा गोली प्रहार गरी पूर्व शिक्षकको हत्या

शनिवार , श्रावण ३१, २०८२

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का ४० वर्षीय रामपुकार यादवलाई अपरिचित व्यक्तिले गोली प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार राति करिब ८ः२० बजे घर अगाडि छरछिमेकीसँग गफ गर्दै बसेका बेला मोटरसाइकलमा आएका दुई जनाले ‘रामपुकार को हो ?’ भनेर सोध्दै यादवमाथि टाउकोमा गोली हानेका हुन् ।

गम्भीर घाइते भएका यादवलाई तत्कालै महोत्तरीको सोनामा गाउँपालिका–५, पर्सास्थित जानकी हेल्थ केयर लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय केशरगञ्ज र प्रहरी चौकी हरिपूर्वाबाट ठूलो संख्यामा प्रहरी टोली खटिएको थियो।

पूर्व शिक्षक रहेका यादव पछिल्लो समय खेतीपाती गर्दै घरमै बस्दै आएका थिए । हत्या किन र कसले गरेको हो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077