Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्लाहीमा पूर्व शिक्षक हत्या : गोली प्रहार गरी भाग्दै गरेका एक जना दुर्घटनामा परेर घाइते

सर्लाहीमा पूर्व शिक्षक हत्या : गोली प्रहार गरी भाग्दै गरेका एक जना दुर्घटनामा परेर घाइते

शनिवार , श्रावण ३१, २०८२

सर्लाही । सर्लाहीको हरिपुर्वामा पूर्व शिक्षकमाथि गोली हानेर भाग्दै गरेका एक जना मोटरसाइकलमा दुर्घटनामा परेर घाइते भएका छन्।

स्थानीयका अनुसार शुक्रबार राति करिब ८ः२० बजे घर अगाडि छरछिमेकीसँग गफ गर्दै बसेका बेला मोटरसाइकलमा आएका दुई जनाले ‘रामपुकार को हो ?’ भनेर सोध्दै हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको टाउकोमा गोली हानेका थिए।

गम्भीर घाइते भएका यादवलाई तत्कालै महोत्तरीको सोनामा गाउँपालिका–५, पर्सास्थित जानकी हेल्थ केयर लगिएकोमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

गोली हानेर भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत नै पर्ने वसन्तपुरमा उनीहरू सवार मोटरसाइकल दुर्घटनामा परेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077