Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१३ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको पूर्वडीएसपीको खुलासा

१३ जना प्रहरीलाई गैरकानुनी नजरबन्दमा राखिएको पूर्वडीएसपीको खुलासा

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी गोबिन्द पन्थीले प्रहरी संगठनमै मानवअधिकार उल्लंघन भइरहेको गम्भीर आरोप लगाएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले उक्त आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले १३ जना प्रहरी कर्मचारीलाई एक नम्बर गणभित्र ‘एरिया हद’ तोकेर लामो समयदेखि नजरबन्दमा राखेको उनले खुलासा गरे । जसमा कतिपय एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा कैद जस्तै अवस्थामा छन् ।

“३० वर्ष सेवा गरेको संगठनले आफ्नै कर्मचारीलाई यसरी अमानवीय व्यवहार गरेको देख्दा मन चिसिन्छ,” पन्थीले लेखेका छन् । उनका अनुसार अनुशासन उल्लंघन वा भ्रस्टाचारमा संलग्न प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सकिन्थ्यो तर प्रक्रिया पन्छाएर कर्मचारीलाई मानसिक र शारीरिक पीडा दिने प्रवृत्ति संस्थाको गरिमा माथि प्रहार हो ।

पूर्वडीएसपी पन्थीले प्रहरी महानिरीक्षकलाई समेत प्रश्न गर्दै भनेका छन्, “दुई हप्ता पछि तपाईं अवकाशमा जानुहुनेछ, तर संगठनमै रहेका आफ्ना भाइबन्दलाई शंकाको भरमा यसरी यातना दिइयो भने तपाईंलाई पनि कति मन दुख्ला ?”

उनले प्रधानमन्त्रीलाई समेत गम्भीर चासो दिन आग्रह गर्दै निर्दोष प्रहरी कर्मचारीलाई तत्काल न्याय दिलाउन, सत्य तथ्यको निष्पक्ष छानबिन गर्न र दोषीमात्र कानुनअनुसार सजाय पाउनुपर्नेमा जोड दिएका छन् ।

पन्थीले चेतावनीसमेत दिँदै लेखेका छन्,“यदि यस्तो गैरकानुनी अभ्यास रोकिएन भने प्रहरी संगठनको गरिमा घट्नेछ, कर्मचारी निराश भई जागिर त्याग्नुपर्ने अवस्था आउँछ, जसको दीर्घकालीन असर मुलुककै शासन प्रणाली र अर्थतन्त्रमा पर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077