Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोंगबुको गेष्ट हाउसमा पत्नीको हत्या गरी फरार रहेका युवक पर्साबाट पक्राउ

गोंगबुको गेष्ट हाउसमा पत्नीको हत्या गरी फरार रहेका युवक पर्साबाट पक्राउ

आइतवार , भाद्र १, २०८२

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक गेष्टहाउसमा पत्नीको हत्या गरेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

आरोपिलाई पर्साबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी रहेका छन्।

गत शुक्रबार गोंगबुस्थित कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा २७ वर्षीया ललिता विकको शव फेला परेको थियो। होटलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो।

ललिता र सन्तोषको करिब दुई वर्षअघि काभ्रे भुम्लु गाउँपालिका निवासी सन्तोष सेन्चुरीसँग बिवाह भएको थियो।

मृतक आफन्तले दिएको जाहेरीअनुसार गत साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएका थिए। त्यहीँ ललिताको हत्या गरिएको अनुसन्धानको क्रममा खुलेको छ।

घटना लुकाउन सन्तोषले साउन २८ गते प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै निवेदन दिएका थिए।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077