Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बैंकिङ कसुरमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

बैंकिङ कसुरमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

आइतवार , भाद्र १, २०८२

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, टिकट नपाएपछि उनको सांसद बन्ने योजना चकनाचुर बनेको थियो ।

१० करोड भन्दा बढीको लेनदेनमा उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

गोर्खालीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेकाले काठमाडौं प्रहरीले सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पीडितको नाम भने प्रहरीले खुलाएको छैन । उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

कहिले हत्या, कहिले हातहतियार कसुर त केहिले लेदनेन र गुन्डागर्दीमा पटक–पटक पक्राउ पर्दै आएका गोर्खाली हत्या मुद्दामा १० वर्ष कैद भुक्तान गरेर निस्केका व्यक्ति हुन् ।

२०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा भएको रोशन लिम्बुको हत्यामा गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेको खुलेपछि उनलाई १० वर्ष कैद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077