Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आचरण विपरित काम गरेका प्रहरीलाई कारबाही गरिएको हो, नजरबन्दमा राखिएको छैन : नेपाल प्रहरी

आचरण विपरित काम गरेका प्रहरीलाई कारबाही गरिएको हो, नजरबन्दमा राखिएको छैन : नेपाल प्रहरी

आइतवार , भाद्र १, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरीलाई नजरबन्दमा राखेको भनेर आएका समाचारमा ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा उल्लेख भए अनुसारका कुनै पनि प्रहरी कर्मचारीहरूलाई नजरबन्दमा नराखिएको जनाएको छ ।

यद्यपी प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणहरूबाट गुनासो तथा उजुरी प्राप्त भएकोले निजहरूलाई प्रहरी नियमावली बमोजिम आवश्यक छानबिनको लागि अनुसन्धान कार्य भइरहेकोले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जारी गरेको जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘मिति २०८२/०४/३१ गते केही अनलाईन तथा सामाजिक सञ्जालमा सम्प्रेषित “१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद (एक प्रकारको नजरबन्द) तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानूनी रूपमा राखिएको छ” समाचारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा उल्लेख भए अनुसारका कुनै पनि प्रहरी कर्मचारीहरूलाई नजरबन्दमा नराखि प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीहरूको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणहरूबाट गुनासो तथा उजुरी प्राप्त भएकोले निजहरूलाई प्रहरी नियमावली बमोजिम आवश्यक छानबिनको लागि नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले झिकाई अनुसन्धान कार्य भइरहेकोले उक्त अनलाइन पत्रिकामा प्रकाशित समाचारमा कुनै पनि सत्यता नरहेको साथै नेपाल प्रहरी कानून कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा सदैव प्रतिबद्ध रहेको व्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077