Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङ भित्र शव लुकाएर फरार भएका श्रीमान वीरगञ्जमा समातिए

गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङ भित्र शव लुकाएर फरार भएका श्रीमान वीरगञ्जमा समातिए

आइतवार , भाद्र १, २०८२

काठमाडौं । गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङमा लुकाएर भारत भाग्न लागेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी छन् । सेञ्चुरीको स्थायी घर भने काभ्रेको भुम्लु रहेको खुलेको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर वीरगञ्जबाट पक्राउ गरी सेन्चुरीलाई काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार उनी भारत भाग्न लागेका थिए ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ ।

साउन ३० गते राति गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले सञ्चालन गरेको कोशी होटल एन्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो । मृत महिला २७ वर्षीया ललिता बिक रहेको खुलेको थियो । प्रहरीका अनुसार ललिता सन्तोषको श्रीमती हुन् ।

२८ साउनमा ललिताका भाइ मोतिरामले आफ्नी दिदी हराएको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए । त्यसपछि महाराजगञ्ज वृत्तले श्रीमान् सन्तोषलाई बोलाएर सोधपुछ समेत गरेको थियो ।

श्रीमान सन्तोषसहित परिवारका सदस्यले ललिताले काम गर्ने गार्मेन्टमा खोज्न समेत गएका थिए । तर, ललिताको अवस्था पत्ता लागेको थिएन ।

हराएको भनिएको तीन दिनपछि होटलको कोठामा गन्ध आएको भन्दै साउन ३० गते होटल सञ्चालक भीममाया लिंखाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी गएर कोठामा हेर्दा बक्स पलङभित्र लुकाएको अवस्थामा शव भेटिएको थियो ।

मुखमा कपडा कोचिएको अवस्थामा बक्स पलङभित्र महिलाको शव भेटिएपछि हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार सन्तोष ललिताबीचको सम्बन्धमाम खटपट आएपछि दुवै जना सम्बन्ध बिच्छेद गरेर आफूखुसी बस्ने भन्दै सहमति गरे थिए । सोही क्रममा यसैको अन्तिम छलफल गर्न भन्दै सन्तोषले श्रीमतीलाई २७ साउनमा उक्त होटलमा बोलाएको प्रहरीको भनाई छ ।

२७ साउनको दिउँसो उक्त होटलमा छिरेका उनीहरू दिउँसो ४ बजेतिर भने सन्तोष एक्लै उक्त होटलबाट बाहिरिएको सीसीटिभी फुटेजमा समेत देखिएको छ । २९ गते प्रहरीले बोलाएपछि महाराजगञ्ज गएका सन्तोष त्यसपछि भने मोबाइल अफ गरेर फरार भएका थिए ।

वीरगञ्जबाट पक्राउ परेका सन्तोषले श्रीमतीसँग विवाद भएकाले घाँटी थिचेर हत्या गरी शव लुकाएर साथीको कोठामा गएर बसेको र एक पटक प्रहरी कार्यालयमा पुगेपछि फरार भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077