Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चोरी भएका ४१ मोटरसाइकल–स्कुटर धनीलाई फिर्ता

चोरी भएका ४१ मोटरसाइकल–स्कुटर धनीलाई फिर्ता

आइतवार , भाद्र १, २०८२

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले फेला पारी धनीलाई फिर्ता गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २२ स्कुटर र १९ मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेका हुन् ।

प्रहरीका अनुसार उजुरीका आधारमा खोजतलास गर्दा केही सवारीसाधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा भेटिएको थियो ।

गत साउनयता मात्रै ५२ वटा चोरीका दुईपांग्रे सवारीसाधन धनीलाई फिर्ता गरिएको ट्राफिक प्रहरीले जनाएको छ । चोरीमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077