Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बीरेन्द्र थापाले एसपी र राजु अधिकारीले लगाए डीएसपीको फुली

बीरेन्द्र थापाले एसपी र राजु अधिकारीले लगाए डीएसपीको फुली

आइतवार , भाद्र १, २०८२

काठमाडौं । नेपाल प्रहरीका दुईजना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

हालै पदोन्नति भएका उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ३० गतेको निर्णयअनुसार साउन २८ गतेबाट लागू हुने गरी प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा बढुवा भएका बीरेन्द्र थापा र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा राजु अधिकारीलाई दर्ज्यानी चिन्ह गरिएको जनाइएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077