Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मितेरी सहकारीको ठगीमा मुछिए कम्बोडिया र हङकङमा रहेका एनआरएनका नेता

मितेरी सहकारीको ठगीमा मुछिए कम्बोडिया र हङकङमा रहेका एनआरएनका नेता

आइतवार , भाद्र १, २०८२

काठमाडौं । कांग्रेस नेता धनराज गुरुङ मुछिएको मितेरी सहकारीको ठगीमा गैरआवासिय नेपाली संघ (एनआरएन) का नेताहरू समेत मुछिएका छन् । आइतबार नौ जनाविरुद्ध मुद्दा दायर भएकोमा दुई जना एनआरन छन् ।

हङकङ बस्ने अर्जुन आराम र कम्बोडिया बस्ने प्रदीप भन्ने प्रितम अधिकारी समेत छन् । उनीहरूले सहकारी ठगीको रकम हुन्डीबाट विदेश लगेर ठगी गर्न सघाएको सिआइबीको निष्कर्ष छ । उनीहरु दुवै जना एनआरएन हुन् ।

अर्जुनको नेपालको घर सिन्धुपाल्चोकको चौतारा हो भने प्रितमको बाग्लुङको गल्कोट हो । प्रितम त एनआरएन कम्बोडियाका महासचिव नै हुन् । उनी त्यहाँ रेष्टुरेन्ट चलाउँदै आएका छन् ।

उनको नेपालको घर बाग्लुङको गलकोट हो । लामो समयदेखि कम्बोडिया बस्दै आएका उनले त्यहाँबाट पटक–पटक हुन्डीको रकम नेपाल पठाएको सिआइबीले जनाएको छ ।

उनीहरुको अवैध आर्थिक कारोबारमाथि दोस्रो चरणमा थप अनुसन्धानको तयारी भइरहेको छ । मितेरी सहकारीमा प्रहरीले ज्योतीबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, ज्योती गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई र एनआरएनका दुई जनाविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुमध्ये ज्योती गुरुङ कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन्। सिआइबीले धनराजसँग पनि बयान लिएकोमा उनलाई भने उन्मुक्ति दिएकोमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077