Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मालाखेतीमा डीएसपी चन्दको १०० दिन : १२५ वटा मुद्धा दर्ता, ७७ लाखको अवैध सामान बरामद

मालाखेतीमा डीएसपी चन्दको १०० दिन : १२५ वटा मुद्धा दर्ता, ७७ लाखको अवैध सामान बरामद

आइतवार , भाद्र १, २०८२

कैलाली। इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज डीएसपी रण बहादुर चन्दले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार छोटो अवधिमै उनले अपराध नियन्त्रण, कानून कार्यान्वयन र राजस्व संकलनमा उल्लेखनीय काम गरेका हुन् ।

कार्यालयको श्रावण महिनासम्मको तथ्यांक अनुसार विभिन्न १२५ वटा मुद्धा दर्ता भएका छन् । जसमा सबैभन्दा बढी बैकिङ् कसुरका मुद्धा दर्ता भएको पाइएको छ ।

बैकिङ् कसुर सम्बन्धी ३३ वटा मुद्धा दर्ता भएको डीएसपी चन्दले जानकारी दिए । सार्वजनिक हित विपरीत विरुद्धको कसूरमा १८ मुद्दा, लागुऔषध सम्बन्धी १०, जबर्जस्ती करणी ७, जबर्जस्ती करणी उद्योग १, सवारी ज्यानमा ५ लगायत १२५ वटा मुद्धा दर्ता भएको उनले बताए ।

कुल २२ शीर्षकका अपराधमा प्रभावकारी नियन्त्रण भएको पाइएको छ । यस्तै सो अवधिमा ७ जना फरार प्र्रतिवादीहरु पक्राउ परेका छन् । आइतबार मात्रै चोरी मुद्धामा फरार रहेका उमेश चौधरीलाई पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।

डीएसपी चन्दको नेतृत्वमा कार्यालयले गत १०० दिनमा मात्र ७७ लाख २१ हजार १५२ रुपैयाँको राजस्व छलीका सामान बरामद गरेको छ । अपराध नियन्त्रणसँगै स्थानीय तह र नागरिकसँग सहकार्य गर्दै प्रहरी–समुदाय सम्बन्ध मजबुत बनाएको कार्यालयले जनाएको छ ।

यसैगरी अत्तरिया क्षेत्रमा हुने यौनजन्य क्रियाकलापमाथि पनि मालाखेती प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077