Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारत–चीन सहमतिबारे एमाले नेता भन्छन् - नेपालको सहमतिबेगर कुनै सम्झौता मान्य हुँदैन

भारत–चीन सहमतिबारे एमाले नेता भन्छन् - नेपालको सहमतिबेगर कुनै सम्झौता मान्य हुँदैन

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले नेपालको भूभागसम्बन्धी विषयमा नेपालकै सहमतिबेगर गरिने कुनै पनि सम्झौता नेपाललाई स्वीकार्य नहुने बताएका छन् ।

भारत र चीनले लिपुलेक पासमार्फत द्विपक्षीय व्यापार पुनः सुरु गर्ने सहमति गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, “नेपालको भूभागका मामिलामा नेपालको सहमतिबेगर गरिने सहमति वा सम्झौता नेपाललाई मान्य हुन सक्दैन। यो सार्वभौम सच्चाइ हो।”

उक्त सहमति चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणको क्रममा मंगलबार भएको हो । यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो चीन भ्रमणका क्रममा पनि लिपुलेक पासमार्फत व्यापार गर्ने सम्झौता भएको थियो ।

नेपालले भने निरन्तर लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै भारत र चीनसँग यसबारे संवेदनशीलता प्रकट गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077