Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पुटिनसँग वार्ता अघि सुरक्षा सुनिश्चितता अनिवार्य हुनुपर्छ : जेलेन्स्की

पुटिनसँग वार्ता अघि सुरक्षा सुनिश्चितता अनिवार्य हुनुपर्छ : जेलेन्स्की

बिहिवार , भाद्र ५, २०८२

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भविष्यमा सम्भावित रुसी आक्रमण रोक्नका लागि सुरक्षा प्रत्याभूति युद्ध अन्त्यका वार्तामा युक्रेनको पहिलो शर्त हुने स्पष्ट गरेका छन् ।

बिहीबार जारी वक्तव्यमा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट सम्भव देखाए पनि त्यस्तो संवादको आधार युक्रेनको सुरक्षा सुनिश्चितता हुने बताए। “हामी सातदेखि १० दिनभित्र सुरक्षा सुनिश्चितता योजनाबारे प्रष्ट जवाफ चाहन्छौं,” जेलेन्स्कीले भने ।

उनका अनुसार रुसले दक्षिणी सीमामा सैनिक तैनाथ गरिरहेको छ भने युक्रेनले लामो दूरीका नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गर्दै युद्ध तयारीलाई निरन्तरता दिएको छ । उनले दुबै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी पनि दिए ।

रुसले भने युक्रेनले ‘दीर्घकालीन शान्ति’ का लागि चासो नदेखाई आफूअनुकूल मात्र सुरक्षा प्रत्याभूति खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077