Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सबै बन्धकहरूलाई मुक्त गर्न इजरायलले वार्ता सुरु गर्छ : नेतान्याहू

सबै बन्धकहरूलाई मुक्त गर्न इजरायलले वार्ता सुरु गर्छ : नेतान्याहू

शुक्रवार , भाद्र ६, २०८२

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्न र गाजामा युद्ध समाप्त गर्न इजरायललाई स्वीकार्य सर्तहरूमा वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।

नेतन्याहूले बिहीबार राति इजरायली सेनालाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र आन्तरिक विरोधका बाबजुद गाजाको उत्तरी भागमा रहेको गाजा सिटीमा ठूलो हमला गर्ने योजनालाई अनुमोदन गरेको उनले जानकारी दिए ।

यसअघि, हमासले कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूद्वारा तयार पारिएको ६० दिने युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो । कतारले बताएअनुसार उक्त प्रस्तावमा गाजामा बाँकी रहेका बन्धकहरूमध्ये आधालाई मुक्त गर्ने विषय उल्लेख थियो ।

तर, नेतन्याहूले पहिलोपटक यस प्रस्तावमाथि प्रतिक्रिया दिँदै हालको सम्झौता स्वीकार नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077