Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पश्चिमी युक्रेनमा व्यापक मिसाइल र ड्रोन आक्रमण

पश्चिमी युक्रेनमा व्यापक मिसाइल र ड्रोन आक्रमण

शुक्रवार , भाद्र ६, २०८२

एजेन्सी । रूसले पश्चिमी युक्रेनलाई समेत लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रूसले ५७४ ड्रोन र ४० मिसाइल प्रहार गरेको छ, जुन पछिल्ला हप्ताहरूको सबैभन्दा ठूलो बमबारी मानिएको छ ।

जापोरिज्जिया, डिनिप्रोपेट्रोभ्स्क र लभिभ क्षेत्रमा आक्रमण तीव्र बनेको छ। लभिभमा भएको मिसाइल तथा ड्रोन आक्रमणमा एकजनाको मृत्यु भएको छ भने दक्षिण–पश्चिमी ट्रान्सकार्पाथिया क्षेत्रमा १५ जना घाइते भएका छन्।

युक्रेनको वायुसेनाले बुधबार रातिदेखि बिहीबार बिहानसम्म मात्रै ६१४ हवाई आक्रमण प्रयास भएको जनाएको छ। तीमध्ये ५७७ ड्रोन र मिसाइललाई प्रतिरोध गर्न सफल भएको दाबी गरिएको छ।

विश्लेषकहरूले यो आक्रमणलाई गत जुलाईयताकै सबैभन्दा ठूलो हवाई आक्रमण भनेका छन्। पछिल्ला प्रहारले रूसले पश्चिमी युक्रेनका शान्त क्षेत्रहरूलाई पनि रणनीतिक रूपमा निशाना बनाउन थालेको स्पष्ट भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077