Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न आदेश जारी गरेको छ ।

प्रधानमन्त्रीले साझेदार दलहरूको समर्थन फिर्ता भएपछिको अवस्थामासमेत विश्वासको मत नलिएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोहि रिटमा शुक्रबार कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका छैनन् ।

संविधानको धारा १०० मा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था छ । धारा ११९२० मा 'सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने' भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077