Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको जित

साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको जित

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेपनि ५८औं मिनेटमा साहरा लिम्बूले बराबरी गोल फर्काइन् । त्यसपछि ७७औं मिनेटमा साहराले नै दोस्रो गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् ।

यस जितसँगै नेपालले तीन अंक जोडेको छ। यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। । नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077