Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गाजामा भीषण भोकमरी, अनिकाल घोषणा

गाजामा भीषण भोकमरी, अनिकाल घोषणा

शनिवार , भाद्र ७, २०८२

एजेन्सी । संयुक्त राष्ट्रसंघले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ  ।

राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका छन् । यससँगै राष्ट्रसंघले अनिकालको घोषणा गरेको हो ।

तर, इजरायलको विदेश मन्त्रालयले राष्ट्रसंघको घोषणाप्रति तीव्र असन्तुष्टि जनाएको छ ।

गाजा सहर र आसपासमा अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झुटमा आधारित’ रहेको मन्त्रालयको दाबी छ ।

‘गाजामा कुनै अनिकाल छैन,’ मन्त्रालयले भनेको छ । मध्यपूर्वमा अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077