Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अनिल अम्बानीको कम्पनीविरुद्ध २ हजार करोडको बैंक ठगी मुद्दा, सीबीआईको छापा

अनिल अम्बानीको कम्पनीविरुद्ध २ हजार करोडको बैंक ठगी मुद्दा, सीबीआईको छापा

शनिवार , भाद्र ७, २०८२

एजेन्सी । उद्योगपति अनिल अम्बानीसम्बद्ध कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले ठूलो बैंक ठगी मुद्दा दर्ता गरेको छ।

सीबीआईले दर्ता गरेको मुद्दा अनुसार कम्पनीले भारतीय स्टेट बैंक (एसबीआई) लाई २ हजार करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आशंका छ।

यस मामिलामा सीबीआईले कम्पनीका कार्यालय र अन्य स्थानमा छापा मार्दै प्रमाण संकलन गरेको छ।

यसैबीच, केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले लोकसभामा दिएको लिखित जवाफमा एसबीआईले पनि सीबीआईमा उजुरी दर्ता गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।

साथै, बैंकले अम्बानीविरुद्ध व्यक्तिगत दिवालिया प्रक्रिया मुम्बईस्थित राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण (एनसीएलटी) मा दर्ता गरिसकेको छ।

यसअघि, गत जुलाई २३ मा पनि प्रवर्तन निर्देशनालय (ईडी) ले अनिल अम्बानीको रिलायन्स समूहसँग जोडिएका ३५ भन्दा बढी स्थानमा छापा मारेको थियो। त्यो कारबाही समूहले लिएको ३ हजार करोडको लोन ठगी प्रकरणसँग सम्बन्धित रहेको बताइएको छ।

ठूला ऋण प्रकरणमा बारम्बार कानुनी कारबाहीमा तानिँदै आएका अनिल अम्बानी र उनको समूह फेरि एकपटक भारतीय कानुनी प्रक्रियाको कठघरामा उभिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077