एजेन्सी । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले एक जनरल एवं अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डिफेन्स इन्टेलिजेन्स एजेन्सी) का प्रमुख जेफ्री क्रुजलाई बर्खास्त गरेका छन् ।
उक्त एजेन्सीले अमेरिकी हमलाबाट इरानी आणविकस्थलमा भएको क्षतिको जुनमा गरेको प्रारम्भिक गुप्तचर मूल्यांकनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिस उठेको थियो । उक्त गुप्तचर मूल्यांकन चुवाहट भएर मिडियामा पुगेको थियो ।
उक्त प्रतिवेदनमा इरानमाथिको हमलाबाट उसको आणविक कार्यक्रम सम्पूर्ण रूपमा नष्ट नभएको उल्लेख थियो ।
ती आक्रमणबाट इरानको आणविक कार्यक्रम केवल केही महिना पछाडि धकेलिएको जनाइएको थियो । त्यही कारण ट्रम्पले क्रुजलाई बर्खास्त गरेका हुन् ।