काठमाडौं । हमासले बन्धक बनाएका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति पौडेलसँग भेट गरेका छन् ।
उनीहरूले हिजो प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका थिए ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र पुष्पा जोशी इजरायल पुगेर विपिनको सकुशल रिहाइको पहल गर्न इजरायली राष्ट्रपति र संसद् अध्यक्ष अमिर ओहानालाई भेटेर नेपाल फर्किएका थिए ।
यसै क्रममा उनीहरुले राष्ट्रपति पौडेलसँग पनि भेट गरेका हुन् । उनीहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले विपिनको रिहाइका आफूले थप प्रयास गर्ने बताएका छन् ।