Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बक्यौता अनुदान माग्दै उखु किसान, दोस्रो दिन पनि सडकमा

बक्यौता अनुदान माग्दै उखु किसान, दोस्रो दिन पनि सडकमा

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरू काठमाडौं आएका छन्।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

हिजोदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरूले आज पनि यसलाई निरन्तरता दिएका हुन्। आफ्ना माग पूरा गराउन किसानहरूले काठमाडौँमा सात दिने आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

सरकारले उखुको मूल्य प्रति क्विन्टल ६५५ रुपैयाँ तोकेको थियो, जसमा ५८५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान दिने सहमति थियो । तर, नयाँ बजेटमा अनुदानको व्यवस्था घटाइएपछि किसानहरू आक्रोशित भएका हुन् । चालु आवमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदानबाट ३५ रुपैयाँमा झारेको छ ।

यस्तैगत वर्ष देशभर भएको उखु क्रसिङको हिसाबमा सरकारले दिनुपर्ने एक अर्ब ६० करोड रुपैयाँ अनुदान किसानले अझै पाउन बाँकी रहेको उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077