Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश प्रमुख र पृतनापतिबिच भेटवार्ता

सुदूरपश्चिम प्रदेश प्रमुख र पृतनापतिबिच भेटवार्ता

सोमवार , भाद्र ९, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथी किरण के.सी.बिच भेटवार्ता भएको छ ।

हालै सरुवा भई सुदूरपश्चिम आएका पृतनापति भेटघाटका क्रममा प्रदेश प्रमुख कार्यालय पुगेका थिए 

भेटमा प्रदेश प्रमुख मियाँले पृतनापति के.सी.लाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रदेश प्रमुख मियाँले नेपाली सेनाको कामप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरे ।

पृतनापति के.सी.ले नेपाली सेनाको गौरव, शान र मानलाई अझ उच्च बनाउने प्रतिबद्धता जनाउँदै विभिन्न विपत्ति र समस्यामा अग्रपंक्तिमा रहेर सेवा गर्ने दृढता प्रकट गरेका थिए ।

भेटमा नेपाली सेनाका महासेनानी विश्वनाथ तिमिल्सिना, प्रमुख सेनानी धिरज थापा, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रमुख स्वकीय सचिव साबिर अली लगायतका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077