काठमाडौं । ललितपुरबाट ठूलो मात्रामा नगदसहित एकजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले सोमबार साँझ झण्डै एक करोड रुपैयाँ बराबरको रकमसहित गौरव स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।
करिब ९० देखि ९१ लाख रुपैयाँभन्दा बढी रकम रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
उनको थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । हाल बरामद रकमको आधिकारिक गणना भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।