Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं प्रहरीले सुरु गर्‍यो महिनाको ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’ !

काठमाडौं प्रहरीले सुरु गर्‍यो महिनाको ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’ !

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । महिला प्रहरीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं प्रहरीले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्दै नियमित रूपमा सम्मान गर्ने कार्यको थालनी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार अबदेखि प्रत्येक महिना योगदान, पेशागत निष्ठा र संगठनप्रतिको जिम्मेवारीमा उत्कृष्ट प्रदर्शन गर्ने महिला प्रहरीलाई सम्मान गरिने भएको हो ।

यसै क्रममा पहिलो पटक नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमिला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई ‘महिनाको उत्कृष्ट महिला प्रहरी’ घोषणा गर्दै सम्मानित गरिएको छ ।

एसएसपी अधिकारीले प्रहरी संगठनभित्र महिला प्रहरीको योगदान उच्च रहेको उल्लेख गर्दै उनीहरूको हौसला अभिवृद्धि र नेतृत्व क्षमताको कदरस्वरूप यो अभ्यास सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077