Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तीजमा पशुपति क्षेत्रमा सात सय सशस्त्र प्रहरी परिचालन, स्वास्थ्य सेवा पनि उपलब्ध

तीजमा पशुपति क्षेत्रमा सात सय सशस्त्र प्रहरी परिचालन, स्वास्थ्य सेवा पनि उपलब्ध

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । तीजको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने ठूलो मेलालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले करिब सात सय जनशक्ति परिचालन गर्ने भएको छ । सुरक्षासँगै स्वास्थ्य सेवा पनि सहज उपलब्ध गराइने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटी सुरु हुने भएको छ ।

दर्शनार्थीको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै करिब १५० जना महिला प्रहरीसहित आवश्यक जनशक्ति खटाइनेछ ।

मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्नेछ भने पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोस्ट स्थापना गरिएको छ ।

उपत्यकाका विभिन्न कार्यालयहरूबाट एकै सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरी खटाइने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दर्शनार्थीलाई सहज बनाउन नेपाल एपीएफ अस्पतालका महिला चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

त्यस्तै, सिनामंगलस्थित नं. २० विपद् उद्धार गणको गोताखोर र विपद् उद्धार टोली राम मन्दिर नजिकै बागमती नदी किनारमा आवश्यक सामग्रीसहित वाटर रेस्क्यु सेवामा खटिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077