Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ललितपुरबाट ९१ लाख नगदसहित पक्राउ परेका युवकको क्रिप्टो कारोबारमा संलग्नता

ललितपुरबाट ९१ लाख नगदसहित पक्राउ परेका युवकको क्रिप्टो कारोबारमा संलग्नता

सोमवार , भाद्र ९, २०८२

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट ९१ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका २५ वर्षीय गौरव स्याङतान अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिन्धुली पिपलभञ्ज्याङ घर भएका स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका थिए ।

उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले गरेको सो कारबाहीपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

उनको डेराबाट प्रहरीले ९१ लाख ५० हजार रुपैयाँ नगद, १ थान पैसा गन्ने मेसिन र १ केजी ५ सय ग्राम गाँजा बरामद गरेको छ ।

साथै, अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग हुँदै आएका ११ थान मोबाइल, आइप्याड र ल्यापटप पनि फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले स्याङतानमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077