Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा अमेरिकी नागरिक पक्राउ, इसाई धर्म प्रचार गरेको आरोप

काठमाडौंमा अमेरिकी नागरिक पक्राउ, इसाई धर्म प्रचार गरेको आरोप

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । अध्यागमन विभागले मंगलबार एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ ।

व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नी नामक व्यक्तिलाई विभागले पक्राउ गरेको हो ।

विभागका अनुसार उनले भिसाको उद्देश्य विपरीत इसाई धर्मको प्रचार–प्रसार गतिविधि सञ्चालन गरेको देखिएको छ ।

हाल उनीमाथि थप अनुसन्धान तथा सोधपुछ भइरहेको विभागले जनाएको छ । अध्यागमन ऐनअनुसार भिसाको उद्देश्य विपरीत गतिविधि गर्न पाइँदैन र त्यसविरुद्ध कानूनी कारबाही हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077