काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप गरिएको छ ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गर्ने आदेश दिएपछि उनलाई थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको हो ।
मोक्तानलाई आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’बाट प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको थियो । उनीमाथि एक व्यक्तिलाई कुटपिट गरेको आरोप छ ।
यसअघि तरबार प्रयोग गरेर केक काटेको घटनामा समेत पक्राउ परेका मोक्तान हाल फेरि कुटपिटको घटनामा संलग्न रहेको आरोपमा कानुनी प्रक्रियामा तानिएका छन् ।