Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विद्युत ट्रान्सफर्मर चोरी गरेको आरोपमा एक अभियुक्त पक्राउ

विद्युत ट्रान्सफर्मर चोरी गरेको आरोपमा एक अभियुक्त पक्राउ

मंगलवार , भाद्र १०, २०८२

गोरखा । गोरखामा विद्युत ट्रान्सफर्मर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट, गरुडा नगरपालिका–२ घर भई हाल गोरखा नगरपालिका–१० छेपेटारस्थित कबाडी सामान संकलन केन्द्रमा काम गर्ने २८ वर्षीय बली सहनी रहेका छन् ।

प्रहरीका अनुसार सिरानचोक गाउँपालिका–२ झिम्रेक बनपालेस्थित थालाजुङ घर्तीपानी खनालथोक ग्रामीण विद्युतीकरण केन्द्रको ५० केभीए क्षमताको ट्रान्सफर्मर आइतबार साँझ फुटाइ तामाको तारसहितका सामग्री चोरी गरिएको थियो ।

सो घटनापछि प्रहरीले खोजतलास गर्ने क्रममा सहनीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

प्रहरीले चोरीमा संलग्न अन्य व्यक्तिहरुको पनि संलग्नता हुनसक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077