Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोरखापत्र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ

गोरखापत्र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । सरकारी स्वामित्वको गोरखापत्र दैनिकमा तीजको व्रतबारे प्रकाशित एक लेखले हिन्दू धर्ममाथि प्रहार गरेको आरोपमा राजसंस्था समर्थक अभियन्ता सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सिलवाललाई मंगलबार दिउँसो माइतीघर मण्डलाबाट नियन्त्रणमा लिइएको हो । सिलवालले केही युवाहरूसहित गोरखापत्रको मंगलबारको अंक च्यात्ने र जलाउने प्रयास गरेका थिए।

उक्त अङ्कको पहिलो पृष्ठमा प्रकाशित “निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर” शीर्षकको लेखले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाएको भन्दै उनी प्रदर्शनमा उत्रिएका थिए।

प्रहरीले सिलवालको प्रयास विफल पार्दै उनलाई नियन्त्रणमा लिएर हाल प्रहरी वृत्त सिंहदरबारमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077