Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

इम्बोस्ड नम्बरबारे विभागले भन्यो – हल्लाका पछाडि नलाग्नुस्, अनुकूल भएको समयमा जडान गर्नूस्

इम्बोस्ड नम्बरबारे विभागले भन्यो – हल्लाका पछाडि नलाग्नुस्, अनुकूल भएको समयमा जडान गर्नूस्

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

विभागले मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशः जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने जनाएको हो ।

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने सूचना जारीपछि यति बेला विरोध र आलोचना गरिँदै छ ।

“इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077