Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्वोच्च अदालतले भन्यो - पशुपतिमा नागा बाबाहरूले यौनांग देखाउनु अश्लीलता होइन

सर्वोच्च अदालतले भन्यो - पशुपतिमा नागा बाबाहरूले यौनांग देखाउनु अश्लीलता होइन

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा नागा बाबाहरू निर्वस्त्र बस्ने परम्परालाई अश्लीलता भन्न नमिल्ने व्याख्या गरेको छ।

नागा बाबाहरूको गतिविधि नियन्त्रण गर्न दायर गरिएको रिटमाथि न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले फैसलामा उल्लेख गरेको छ कि मन्दिरमा साधुहरूले नाङ्गै बस्नु सनातनी अभ्यास हो । केवल शारीरिक रूपमा नाङ्गो हुनुलाई मात्र अश्लीलता मान्न नमिल्ने सर्वोच्च अदालतको स्पष्ट व्याख्या छ।

फैसालामा भनिएको छ, 'साधुहरू नाङ्गै बस्नुको उद्देश्य दर्शनार्थीहरूको कामोत्तेजना बढाउने वा निजहरूको सोचलाई भ्रष्ट बनाउने होइन, भगवान पशुपतिनाथप्रति भक्ति, समर्पण र साधनाको रूपमा रहेको देखिन्छ।'

२०८१ सालको भदौ २७ गते भएको फैसलाको पूर्णपाठ हाल सार्वजनिक भएको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गर्दै शिवरात्रीमा नागा बाबाहरूले यौनजन्य हिंसात्मक क्रियाकलाप गरेको आरोप लगाएका थिए। सर्वोच्च अदालतले उक्त माग अनुसार फैसला गर्न नसक्ने भन्दै रिट खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077