Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुरेन्द्र हत्या प्रकरण : प्रेमिका गंगासहित बुवाआमालाई थुनामा पठाइयो

सुरेन्द्र हत्या प्रकरण : प्रेमिका गंगासहित बुवाआमालाई थुनामा पठाइयो

मंगलवार , भाद्र १०, २०८२

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या प्रकरणमा संलग्न तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मंगलबार आरोपीहरूलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

अदालतका अनुसार मृतक शाहीकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका ६३ वर्षीय बुबा नैने बन र ५६ वर्षीया आमा भक्कु बनलाई थुनामा पठाइएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसपछि आइतबार सरकारी वकिल कार्यालयले ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको हो ।

उक्त बहसपश्चात अदालतले तीनै जना आरोपितलाई पुर्पक्षका लागि थुनामा राखी मुद्दाको थप अनुसन्धान अघि बढाउने आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077