Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आगो लागेको अवस्थामा भेटिएका रुवी हत्याका आरोपी पासवान काठमाडौं रेफर

आगो लागेको अवस्थामा भेटिएका रुवी हत्याका आरोपी पासवान काठमाडौं रेफर

बुधवार , भाद्र ११, २०८२

रौतहट । रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबी साहको हत्या प्रकरणका मुख्य अभियुक्तलाई थप उपचारका लागि बर्न अस्पताल पठाइएको छ ।

आत्मदाहका कारण गम्भीर अवस्थामा रहेका अभियुक्त लक्ष्मण पासवानलाई थप उपचारका लागि बर्न अस्पताल लगिएको हो । उनले गाउँदेखि करिब पाँच सय मिटर पश्चिम धान खेतमा आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रुबीको हत्या गरेर फरार भएको आज पाँचौं दिन आफ्नै पुर्ख्यौली गाउँमा पुगेर उनले गाउँदेखि पश्चिम धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेका हुन् ।

आत्मदाहका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताइएको छ । उनलाई गरुडा बेटर नेपाल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।

प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी(प्रेमिका भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077