विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत फेला परेकी छन्। बुधबार बिहान कारागारको शौचालयमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मृतक कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेकी ३२ वर्षीया राधा भट्टराई हुन्। महिला कारागारको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की भट्टराई यसअघि आफ्ना बालबच्चासहित सप्तकोशीमा हामफालेकी थिइन्। आफ्ना दुई नाबालक सन्तानसहित नहरमा हाम्फालेकी उनी र एक बच्चाको उद्धार भएको थियो भने एक जना बच्चाको मृत्यु भएको थियो।
आफ्नै बच्चाको मृत्यु भएपछि उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो। सुनसरी जिल्ला अदालतले उनलाई २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजाय सुनाएको थियो।