रौतहट । रौतहटको माधव नारायण नगरपालिका वडा नं–६ माधोपुरकी रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानले हत्या गरेको स्वीकार गरेको छ।
आफैंलाई जलाउनु भन्दा करिब ९ मिनेट पहिलाको भिडियो सन्देशमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेको हो। रुबी कि आमानै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका हुन्।
माधव नारायण नगरपालिका वडा नं–६ स्थित खेतमा पासवनको जलेको शरीर प्रहरीले फेला पारेको थियो। उनले आफ्नो शरीरमा आफैंले आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका छन्। उनले आफ्नो शरीरमा आगो लगाउनु अगाडि भिडियो सन्देशमा उनले रुबीको हत्या आफैले गरेको स्वीकारेका हुन्।
रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन्। गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव भेटिएको थियो । त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो।
घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकारेका छन्।
यस्तै पासवानले छातीको दाहिनेतिर रुवीकै तस्बिरको ट्याटु बनाएका छन्। दाहिने हातमा रुवीकै नाममा ट्याटु खोपेका छन्। रुबीसँग जिल्ला अदालत सर्लाही र भारतको सीतामढी स्थित अदालतमा आफूहरूको प्रेम विवाह भएको भएपनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन्।
आत्मदाहका कारण पासवानको शरीरको करिब ६० प्रतिशत भाग जलेको बताइएको छ । उनलाई गरुडा बेटर नेपाल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।